१६ माघ २०८१, बुधबार
,
Latest
पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेस : बुझौँ मधेस’ प्रति विशेष आकर्षण संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख ट्रम्पलाई झड्का : सहयोग रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना थप अधिकारका लागि समर्पित हुनु नै सहिदप्रति श्रद्धाञ्जली  : अध्यक्ष दाहाल समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि  प्रेरणा :  उपराष्ट्रपति सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो परिवर्तनका लागि आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका अध्यक्ष थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ विमोचन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ नामक पुस्तक आज विमोचन गरिएको छ ।

बहिनी विमला विष्टप्रति समर्पित उक्त पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियतालगायत छ वटा खण्डहरू छन् । कृतिमा दाजुभाइ र दिदीबहिनीको माया, प्रेम र बिछोड, सुखमय जीवन, विश्वासघातलगायत विषयमा कविता रचना गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल शिक्षा परिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रूपान्तरण गर्न सिर्जना गरिएको उक्त पुस्तक प्रेरणादायी रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यको विकासमा यस कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कृतिका लेखक थापाले साहित्यप्रति अभिरुची भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न सो कृति रचना गरेको जानकारी दिनुभयो ।

साहित्यकार डा बमबहादुर थापा जितालीले कविता विषयवस्तुका हिसाबले स्वछन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्त्वलाई दर्शाउन खोजिएको बताउनुभयो ।

पूर्व रथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गर्नुभयो । लेखक थापाका यस अघि नाकाबन्दी र भूराजनीति, बुबा र द्वन्द्व व्यवस्थापनका चुनौति नामक कृति प्रकाशित छन् ।