२५ कार्तिक २०८१, आईतवार
,
Latest
‘पूर्णबहादुरको सारंगी’को कथा आफ्नो उपन्यास ‘संग्रामपुर’सँग मिलेको लेखक बस्यालको दाबी सलमानको रिजेक्ट फिल्मबाट स्टार बनेका थिए शाहरुख नेपाल प्रिमियर लिगविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता अधिकारीलाई काठमाडौं ल्याइँदै पर्यटक भित्र्याउन जैमिनीधामको प्रवर्द्धन गरिँदै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी नृपध्वज र नित्यानन्द सर्वोच्चको न्यायाधीशमा नियुक्त अमेरिकामा भूपेन्द्रलाई २ रजत मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साता पछि पर्सा प्रहरीबाट चौरसीया घटनाको जाहेरी दर्ता



अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको बिन्दबासनी गाउँपालीकाको सपथ ग्रहण समारोहमा पार्टीका दुई गुट बिच भएको झडपका क्रममा एक जनाको ज्यान गएको एक साता पछि प्रहरीले जाहेरी लिएको छ । पार्टीको गाउँपालिका कमिटी सचिवसमेत रहेका चौरसियाको सत्तारुढदकै कार्यकर्ता बिच भएको झडपमा  ज्यान गएको थियो ।

स्थानीय नेता मारिदा समेत प्रहरीले जाहेरी नलिएको भन्दै आलोचना भएको थियो । झडपमा घाइते भै उपचारका क्रममा निधन भएका मुकेश चौरसियाको परिवारले दिएको किटानी जाहेरी पर्सा प्रहरी बिहिबार दर्ता गरेको छ । किटानी जोहरीमा पूर्वसांसद राजकुमार गुप्तासहित अन्य १३ जनामाथि ज्यान मार्ने कसुरुमा सग्लन रहेको  दाबी गरिएको छ ।

पूर्ब माओबादी समुहका नेता चौरसियाको हत्या भएको र दोषीलाई कारबाही गर्न माग गर्दे नेकपाका कार्यकर्ताहरुले निरन्तर प्रर्दशन गर्दे आईरहेका छन् । सुरुमा नै प्रहरीले जाहेरी लिन  नमाने पछि एक सातादेखि पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा विरोध र धर्ना कार्यक्रम भइरहेको  छ ।

प्रहरीले जाहेरी नलिएका कारण मृतक चौरसीयाको शव एक साता देखी नारायणी अस्पतालमा रहेको छ । जाहेरी नलिदा सम्म परिबारले  शब बुझ्‍न मानेका थिएनन् । बिहिबार जाहेरी लिएपछि शुक्रबार शब बुझ्‍ने र अन्त्यष्टि गरिने भएको छ ।