१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय नाघेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९ सय ४ पुगेको हो । 

यस्तै बिहिबार थप २ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ७६९ जनाको पिसिआर परिक्षणमा २३६४ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना डिस्चार्ज भएसंगै १ लाख २४ हजार ८६२ जना निको भएर घर फर्किएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ जना रहेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।