१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यलयको निर्देशन



अ+ अ-

 काठमाडौ । र्‍यापर भिटेनलाई प्रहरीले कारबाही गर्ने भएको छ ।  र्‍यापर भिटेनका रुपमा परिचित समीर घिसिङले हालै यूटुव मार्फत  ‘पारा’ शीर्षकमा नयाँ भिडियो सार्वजनिक गरेका थिए।  

गितमा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै कारबाही गर्न  प्रहरी प्रधान कार्यलयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको छ ।

 यस अघि पनि भिटेनले प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गित बनाएका थिए । त्यस बेला पनि गित डिलिट गर्नुका साथै आईन्दा त्यस्तो कार्य नगर्ने कागज  गरेपछि  अभिभाबकको जिम्ममा छाडेको थियो । भिटेनले  ‘पारा’ शीर्षकमा नयाँ भिडियो  नेपालको युट्युबमा टेन्ड्रिङमा रहेको छ ।