२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

यातायात व्यवस्था कार्यालयको गम्भीर लापरबाही: धानखेतमा भेटिए तीन सय स्मार्ट लाइसेन्स

यातायात व्यवस्था कार्यालयको गम्भीर लापरबाही: धानखेतमा भेटिए तीन सय स्मार्ट लाइसेन्स
अ अ+ अ-

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख विपिनलाल कर्णका अनुसार लाइसेन्स स्टोर र वितरण शाखाका कर्मचारीको जिम्मामा थिए, स्टोर शाखाका कर्मचारी दसैँ बिदाभन्दा पहिलादेखि नै बिदामा छन्, वितरण शाखा खुल्दै आएको छ । त्यसैले घटनामा कर्मचारीकै संलग्नता बलियो देखिएको छ । र, करारबाट हटाइएपछि पनि विनातलब काम गर्ने कर्मचारीको पनि हात रहेको आशंका छ । 

यातायात व्यवस्था कार्यालय जनकपुरमा भएको गम्भीर लापरबाही सतहमा आएको छ । जनकपुरधामस्थित धानखेतमा करिब तीय सय स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) फेला परेका छन् । यातायात व्यवस्था कार्यालयले सबै लाइसेन्स सक्कली भएको पुष्टि गरेको छ । 

जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित यातायात व्यवस्था कार्यालय जनकपुरदेखि झन्डै दुई सय मिटर पश्चिमतर्फ खेतमा यातायात व्यवस्था विभागले पठाएका लाइसेन्स फेला परेका हुन् । खेतमा धान काट्न गएका स्थानीय महिलाले बुधबार छरिएको अवस्थामा लाइसेन्स देखेका थिए । पछि उनीहरूले संकलन गरी सबै लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरमा बुझाएका थिए । सिसिटिभीको निगरानीमै रहेको स्थानबाट लाइसेन्स हराएका थिए । बनेका लाइसेन्सको वितरणमा समेत ढिलाइ हुँदै आएको सेवाग्राहीको गुनासो रहेकै वेला धान खेतमा ठूलो संख्यामा लाइसेन्स भेटिएका छन् । 

यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख विपिनलाल कर्णले खेतमा भेटिएका करिब तीन सय लाइसेन्स सक्कली रहेको र कसरी खेतमा पुगे भन्ने अनुसन्धानको विषय भएको बताए । कर्णले भने, ‘सबै लाइसेन्स जनकपुर कार्यालयकै भए पनि खेतमा कसरी पुगे भन्नेबारे अनुसन्धानविना भन्न सक्ने अवस्था छैन ।’ उनका अनुसार दसैँ अवधिमा कार्यालय बन्द रहे पनि कार्यालयमा कुनै प्रकारको चोरी वा तोडफोड नभएको र लाइसेन्स शाखा वा स्टोरमा पनि कुनै प्रकारको क्षति भएको छैन । प्र्रत्यक्षदर्शीले करिब एक हजार लाइसेन्स खेतमा भेटिएको बताए पनि प्रमुख कर्णले तीन सय जति मात्रै रहेको दाबी गरे । 

लाइसेन्स फेला परेको विषयमा छानबिन प्रशासन शाखाका अधिकृत पवन पञ्जियारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ । समितिका संयोजक पञ्जियारलाई आफूखुसी थप दुईजनालाई सदस्यमा राखेर अनुसन्धान गर्न जिम्मेवारी दिएको प्रमुख कर्णले बताए । कार्यालय प्रमुख कर्णका अनुसार लाइसेन्स स्टोर र वितरण शाखाका कर्मचारीको जिम्मामा थिए । स्टोर शाखाका कर्मचारी दसैँ बिदाभन्दा पहिलादेखि नै बिदामा छन् । वितरण शाखा खुल्दै आएको छ । त्यसैले घटनामा कर्मचारीकै संलग्नता बलियो देखिएको छ । 

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारमातहत आएपछि करारका कर्मचारीको संख्या बढेको छ । प्रदेशका मन्त्री तथा नेताले आफ्ना कार्यकर्ता करारमा राख्न दबाबसमेत दिने गरेका छन् । जनकपुरमा पनि एक महिनाअघिसम्म आठजना करारका कर्मचारी थिए । कार्यालय प्रमुखमा कर्ण आएपछि करारका केही कर्मचारी हटाइएका छन् । तर, हटाइएका कर्मचारीले तलबविना काम गर्दै आएका छन् । तलबभन्दा सेवाग्राहीबाट आउने मोटो रकमको लोभमा काम गरिरहेको एक कर्मचारीले बताए । ‘मन्त्रीको मान्छु हुँ भनेर उल्टै हामीलाई धाक देखाउँछन्,’ एक स्थायी कर्मचारीले भने, ‘हामीले गर्न नसक्ने काम ती करारका कर्मचारीले पैसाको लोभमा गर्छन् ।’ लाइसेन्स चोरीमा करारका कर्मचारीमाथि पनि शंका रहेको उनले सुनाए । 

अहिले खेतमा लाइसेन्स भेटिए पनि यातायात व्यवस्था कार्यालय जनकपुरमा बेथिति पहिलादेखि नै छ । लाइसेन्सजस्तो महत्वपूर्ण कागजातको सुरक्षामा कार्यालयका कर्मचारीको चरम लापरबाही देखिने गरेको छ । स्टोर वा वितरण शाखामा सुरक्षित राख्नुपर्नेमा कर्मचारीले आ–आफ्ना टेबल वा छेउछाउमा राख्ने गरेका छन् । 

एक कर्मचारीका अनुसार वितरणका वेला मात्रै बाहिर निकाल्नुपर्नेमा कर्मचारीहरू लाइसेन्स टेबलमै छाडेर नास्ता खान वा अन्य कामले बाहिर निस्कने गर्छन् । दलाल र बिचौलियाको सहज पहुँच भए पनि सेवाग्राहीले समयमै सुविधा नपाउने गरेको गुनासो गर्दै आएका छन् । ‘कर्मचारीकै मिलेमतोमा दलाल र बिचौलियाले लाइसेन्ससहितका कागजात बोकेर आफूखुसी ओहोरदोहोर गर्छन् । सेवाग्राहीलाई सेवा लिनै कठिन छ,’ लाइसेन्स परीक्षा दिएर एक वर्षदेखि पर्खाइमा बसेका जनकपुरका सञ्जय यादवले भने । 

कार्यालय प्रमुख कर्णले आफू आएदेखि लाइसेन्ससहितका महत्वपूर्ण कागजातको सुरक्षामा ध्यान दिएको बताए । ‘म आउँदा अस्तव्यस्त थियो । लाइसेन्ससहितका कुनै व्यवस्थापन थिएन । कार्टुनमा लाइसेन्स राख्ने चलन थियो । म आएपछि सुधारको काम हुँदै गएको थियो । तर, अचानक नयाँ घटना भयो,’ उपचारका क्रममा काठमाडौंमा रहेका प्रमुख कर्णले भने । नयाँ पत्रिका दैनिक