२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

होम इग्जामको नौलो अनुभव

होम इग्जामको नौलो अनुभव
सांकेतिक तस्बिर
अ अ+ अ-

काठमाडौँ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीले घरमै परीक्षा (होम इग्जाम)को अनुभव सँगालेका छन् । कोरोना भाइरस (कोभिड–१९)का कारण विद्यार्थीको परीक्षा भौतिक रूपमा हुन नसक्दा शैक्षिक सत्र नै गुम्ने खतरा बढेपछि विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका हुन् । पूर्वाञ्चल तथा लुम्बिनी बौद्ध विश्वविद्यालयले विद्यार्थीलाई घरबाटै परीक्षा लिने व्यवस्था मिलाएका छन् ।

नौलो अनुभव गर्यौ
पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तरतर्फ आमसञ्चार तथा प्रविधि विषयमा अध्ययनरत दीनानाथ भट्टराई पहिलो पटक अनलाइन विधिबाट लिइएको परीक्षामा सहभागी हुनुभयो । सधैं भौतिक रूपमा परीक्षा केन्द्रमा उपस्थित भएर परीक्षा दिएको अनुभव सँगाल्नुभएका भट्टराईका लागि घरमै बसेर परीक्षा लिने कुरा सुरुमा त साह्रै नौलो लाग्यो । तर उनले उक्त तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइनबाटै पूरा गरे । परीक्षा नौलो र रमाइलो अनुभूति भए पनि समय व्यवस्थापनका हिसाबले भने चुनौतीपूर्ण रहेको अनुभव उनी सुनाउछन् । घरमा बसेर परीक्षा दिँदा समय व्यवस्थापन सबैभन्दा महत्वपूर्ण भएको उनी बताउछन् । “परीक्षा केन्द्रमा नभई घरमै परीक्षा दिए पनि यताउता सल्लाह गर्ने तथा किताब कापी हेर्न लागेको अवस्थामा भने पूरै प्रश्न भ्याउने सम्भावना हुँदैन”, उनी भन्छन् । घरबाटै परीक्षा दिँदा प्रविधिको हिसाबले भने सधैँ समस्या भइरहने अनुभव छ परीक्षार्थीको । खासगरी उत्तरपुस्तिका लेखन सकेपछि सम्बद्ध विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पुगे नपुगेको विषयले भने सधैँ तनाव बनाउने गरेको अनुभव विद्यार्थीको छ ।

अनलाइन माध्यमबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी हुनुभएका विपुल पोखरेल घरमा बसेर परीक्षा दिँदा परीक्षाको स्तरीयता कायम नरहला र हेर्ने सार्नेमा जाला कि भन्ने आफ्नो पूर्वानुमानभन्दा फरक तरिकाको परीक्षा भएको बताउनुभयो । खासगरी मौलिक खालको प्रश्नपत्र सोध्ने शैलीका कारण पनि आफूले सोचेभन्दा राम्रो खालको परीक्षा भएको उनको भनाइ छ । परीक्षा हलमा तीन घण्टा लेख्नेभन्दा फरक शैलीमा घरबाटै परीक्षा दिए पनि यसले सही मूल्याङ्कन गर्न सक्छ भन्ने आफूलाई लागेको पोखरेलले बताउछन्। नयाँ अनुभव भएकाले परीक्षाको त्रास भने कायमै रहेको उनको भनाइ छ ।

यसरी पठाइन्छ उत्तरपुस्तिका
भर्चुअल माध्यमबाट प्रश्नपत्र पाइसकेपछि विद्यार्थीले तीन घण्टामा लेखेर सक्नेबित्तिकै सम्बद्ध विश्वविद्यालयको कार्यालयमा पठाउनुपर्छ । त्यसअघि तीन घण्टामा लेखेको उत्तरपुस्तिकाका पानाका तस्बिर खिचेर या स्क्यानिङ गरेर पठाइन्छ । विद्यार्थीले उत्तरपुस्तिका पठाएको एक मिनेटमा विद्यार्थीलाई उत्तरपुस्तिका प्राप्त भएको प्रतिक्रिया प्राप्त हुन्छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले अहिलेको परिस्थितिअनुसार अनलाइन माध्यमबाट विद्यार्थीसित लिइएको परीक्षा सकारात्मक रहेको बताए । परीक्षा प्रारम्भ भएको दिन विश्वविद्यालयका तर्फबाट सानातिना कमजोरी भएको, दुई तीनवटा कलेजले उत्तरपुस्तिका पठाउन केही समस्या देखिएको भए पनि विस्तारै यसको समाधान भएको उनी बताउछन् । सङ्क्रमण कायमै रहेको अवस्थामा आगामी दिनमा यस खालको अनलाइन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उननले बताए ।

परीक्षणमा अन्योल
अनलाइन माध्यमबाट लिइएको परीक्षाको परीक्षण कुन माध्यमबाट गर्ने भन्नेचाहिँ अहिलेसम्म निधो हुन सकेको छैन । उत्तरपुस्तिका प्रिन्ट गरेर परीक्षण गराउने या प्रविधिबाटै परीक्षण गराउने भन्नेमा आफूहरू निचोडमा पुग्न नसकेको उपकुलपति कोइरालाले बताए । प्रविधिको माध्यमबाट विद्यार्थीले परीक्षाको अवधिमा के काम गरिरहेका छन् भनेर हेर्न सक्ने अवस्था नरहेको र परीक्षाको समय सकिएपछि भने तुरुन्त उत्तरपुस्तिका पठाउनुपर्ने व्यवस्था गरिएको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयले भने उत्तरपुस्तिका प्रिन्ट गरेर चेक गर्ने र विद्यार्थीको उत्तरपुस्तिका पनि सुरक्षित रूपमा सङ्कलन गर्ने गरिएको बताए। 

लुम्बिनीले सञ्चालन गरेको अनलाइन परीक्षाबाट सकारात्मक सन्देश गएको र आगामी दिनमा पनि यस खालको परीक्षा निरन्तर सञ्चालन हुने जनाएको छ । सुरुमा सबै हच्किए पनि सञ्चालित परीक्षाबाट सकारात्मक सन्देश गएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न वज्राचार्यले जानकारी दिए । अब केही दिनमै स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिने गरी आफूहरूले सुसूचित गरिसकेको जानकारी उपकुलपति वज्राचार्यले दिए । स्नातकोत्तर तहका विद्यार्थीको परीक्षापछि अब स्नातक तहका विद्यार्थीले पनि अनलाइन परीक्षाकै माग गरेको जनाइएको छ । विद्यार्थीलाई भर्चुअल माध्यमबाट लिइने परीक्षा क्यामरामा प्रत्यक्ष रूपमा देखिने र विद्यार्थीको अनुगमन गर्नसमेत मिल्ने भएकाले परीक्षाको विश्वसनीयता कायम गर्न सकिएको उपकुलपति वज्राचार्यले बताए । गोरखापत्र दैनिक