९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

‘बामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु माधव नेपालको गम्भीर गल्ती’

‘बामदेवलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न खोज्नु माधव नेपालको गम्भीर गल्ती’
अ अ+ अ-

काठमाडौं । नेकपा स्थायी समितिका सदस्य हरिबोल गजुरेलले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न खोज्नु माधव नेपालको गम्भीर गल्ती हो भनेका छन् । शुक्रबार बिहान एक अन्तर्वार्ताका क्रममा उनले सो कुरा बताए । 

उनले भने, ''माधव नेपालजस्तो नेकपा एमालेको महासचिव भैसकेको, नेपालको प्रधानमन्त्री नै भैसकेको व्यक्ति पनि राष्टिय सभाको सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने गरी एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्ने कार्यदलको प्रमुख भएर बस्नुभयो यसले सिंगो पार्टीको इज्जतलाई नै ड्यामेज गरेको छ ।'

उनको प्रश्न थियो, 'यसरी कुनै एकजना व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न उहाँजस्तो व्यक्ति तयार हुने हो ? उहाँ यसरी विधि र प्रक्रियाको विपक्षमा उभिन मिल्छ ? यसले उहाँलाई र पार्टीलाई नै कति क्षति पुर्याएको छ थाहा पाउनुभएको छ ?'   

नेता गजुरेलले यो घटनाले नेकपाको वर्तमान नेतृत्व आफ्नो स्वार्थ र पद प्राप्तिका लागि जे जस्तो काम पनि गर्न तयार हुन्छ भन्ने सन्देश जनतामा गएको बताए । उनले नेकपाको वर्तमान समस्या पनि विधि र नयाँ संविधान अनुसार चलाउन नसक्दा उत्पन्न भएको बताए । 

उनले प्रश्न गरे, 'देशमा नयाँ संविधान आएको छ, नेकपा नयाँ गठन भएको छ तर ओलीले पूर्व एमालेजस्तो गरी चलाउन खोज्ने अनि प्रचण्डले पूर्व माओवादीजस्तो गरी चलाउन खोज्ने अनि कसरी हुन्छ पार्टी राम्रो ?'