९ माघ २०८१, बुधबार
,
Latest
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण ‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’ टर्कीको एक होटलमा आगलागी, ७६ जनाको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा च्याम्पियन्स लिगः अल्भारेज चम्किँदा एट्लेटिको विजयी च्याम्पियन्स लिगमा लिभरपुलको लगातार सातौं जित महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने नौ गोलको ‘थ्रिलिङ म्याच’मा रोमाञ्चक जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा आज रुपन्देही अदालतमा उपस्थित हुने पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठ पर्व: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो-फोटो फिचर



अ+ अ-

काठमाडौँ: छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले मेची नदी किनारमा सजाइएको घाटमा विभिन्न परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन ।

पूजाआजामा मधेस तथा पहाडीलगायतका विभिन्न समुदायका सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधानासमेत गरेका थिए । छठमा उपवास बसी पूजाआजा गर्नाले परिवारमा सुख, समृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधीसमेत निको हुने श्रद्धालु भक्तजनहरुको विश्वास छ । उनीहरुले मेची नदीमा पूजा गरी प्रसादका रुपमा आज बासका सामग्रीको अर्घ्य दिइ केरा, ठेकुवा, स्याउ, भसुवा, उखुलगायत परिकार चढाएका थिए ।

सत्य र अहिंसाप्रति मानव रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपतीसहित पाँच पाण्डप अज्ञातवासमा रहँदा उक्त अज्ञातवास सफल होस भनी सूर्य देवलाई आराधाना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनअनुसार सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको विश्वास छ ।

तराई मधेसी बाहेक अन्य समुदायका महिलाले छठ पर्व धुमधामका साथ मनाउन थालेका छन् । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा छ । उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन भोलि कात्तिक २३ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

फोटो- रासस