३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन रास्वपाको तयारी: उम्मेदवारी आह्वान, ७ प्रदेशमा तोकिए कमाण्डर



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनका लागि उम्मेदवार हुन इच्छुकसँग उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा आज बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोक्दै ७ प्रदेशमा कमाण्डर खटाउने र उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकसँग उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो ।

निर्वाचन परिचालनका लागि कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाएको छ ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा देशभर ४४ स्थान रिक्त छन् । तीमध्ये २ जिल्ला समन्वय समितिबाहेक अन्यन्त्र उम्मेदवारी दिने रास्वपाको तयारी छ । स्थानीय तहमा रास्वपाको यो पहिलो चुनावी यात्रा हो ।

रास्वपाका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ ।

यस्तो छ कार्यतालिका

१) उम्मेदवारी दर्ता, २०८१ कात्तिक २२ देखि २५ गते,दिउँसो २।०० बजे सम्म
२) प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८१ कात्तिक २५ गते, साँझ ८।०० बजे सम्म
३) प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५।०० बजे सम्म
४) उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५।०० बजे सम्म
५) उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते
६) मतदानरनिर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७।०० बजे सम्म
७) नतिजा प्रकाशन, २०८१ कात्तिक २९ गते, दिउँसो १।०० बजे