८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.03

Humidity: 83

Latest
पालिकाभित्र निजी विद्यालय बन्द, स्कुल बस प्रवेशमा पनि रोक ! प्रधानमन्त्रीको असहयोग र शिक्षकको दबाबमा बाहिरिइन् विद्या एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल शिक्षा मन्त्री विद्याले छाडिन् मन्त्री क्वार्टर, चाबहिलस्थित निजी निवास फर्किइन् नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल गण्डकी प्रदेशमा आयोजना बैंक सञ्चालन धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिला पक्राउ मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन रास्वपाको तयारी: उम्मेदवारी आह्वान, ७ प्रदेशमा तोकिए कमाण्डर



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनका लागि उम्मेदवार हुन इच्छुकसँग उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा आज बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोक्दै ७ प्रदेशमा कमाण्डर खटाउने र उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकसँग उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो ।

निर्वाचन परिचालनका लागि कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाएको छ ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा देशभर ४४ स्थान रिक्त छन् । तीमध्ये २ जिल्ला समन्वय समितिबाहेक अन्यन्त्र उम्मेदवारी दिने रास्वपाको तयारी छ । स्थानीय तहमा रास्वपाको यो पहिलो चुनावी यात्रा हो ।

रास्वपाका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ ।

यस्तो छ कार्यतालिका

१) उम्मेदवारी दर्ता, २०८१ कात्तिक २२ देखि २५ गते,दिउँसो २।०० बजे सम्म
२) प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन, २०८१ कात्तिक २५ गते, साँझ ८।०० बजे सम्म
३) प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोध, २०८१ कात्तिक २६ गते, साँझ ५।०० बजे सम्म
४) उम्मेदवारसँग छलफल, २०८१ कात्तिक २७ गते, साँझ ५।०० बजे सम्म
५) उम्मेदवारको अन्तिम नामावली प्रकाशन, २०८१ कात्तिक २७ गते
६) मतदानरनिर्णय, २०८१ कात्तिक २८ गते, साँझ ७।०० बजे सम्म
७) नतिजा प्रकाशन, २०८१ कात्तिक २९ गते, दिउँसो १।०० बजे