काठमाडौं । नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४९८९ जनाको पिसआर परिक्षणमा ३५१७ जना थपिएसंगै कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको हो ।
यस्तै थप ४ हजार ९६ जनाले कोरोना संक्रमणलाई जितेसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबार थप १६ जनाको संक्रमणबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।











