२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कम्पनीले साधारणसभा र बोनस वितरणका लागि आगामी मंसिर ९ गते आइतबार बुक क्लोजको मिति तय गरेको छ

बैंकले १८औँ वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्ने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ ।उक्त बोनस शेयर मंसिर ६ गतेसम्म कायम रहेका शेयर धनीले मात्र पाउने छन् ।

कम्पनीले मंसिर ९ गते बुक क्लोज तोकेको छ । मंसिर ७ गते शुक्रबार र ८ गते शनिबार परेकाले उक्त दिन शेयर कारोबार नहुने भएकाले मंसिर ६ गते शेयर खरिद गर्नेले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउने छन् ।