काठमाडौं । शुक्रबार देशभर थप १६ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
यस्तै देशभर ३५१७ जना कोरोनाका संक्रमित थपिएका छन । मन्त्रालयका अनुसार १४९८९ जनाको पिसआर परिक्षणमा ३५१७ जना थपिएसंगै कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको हो ।
यस्तै थप ४ हजार ९६ जनाले कोरोना संक्रमणलाई जितेसंगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ ।











