४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

कार्तिक आर्यनले भने– म सिंगल छु

कार्तिक आर्यनले भने– म सिंगल छु
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता कार्तिक आर्यनले हालै आफ्नो सम्बन्धको बारेमा कुरा गरेका छन् । डेटिङको हल्लाको जवाफ दिँदै कार्तिकले आफू विगत दुई वर्षदेखि फिल्म ‘चन्दु च्याम्पियन’को तयारीमा लागेको बताउँदै यसका लागि उनले खेलकुद खेलाडी जस्तै जीवनशैली बिताए ।

यसका कारण आफू सम्बन्धमा रहने फुर्सद नमिलेको भन्दै आफू सिंगल रहेको बताए । म्यासेबल इन्डियासँग कुरा गर्दै कार्तिक आर्यनले भने, ‘म मेरो फिल्म ‘चन्दु च्याम्पियन’को तयारीमा पूर्ण रूपमा व्यस्त थिएँ । फिल्मका लागि मैले कठोर एथलीटको जीवनशैली अपनाएँ । जसका कारण व्यक्तिगत जीवनमा ध्यान दिने समय पनि पाइनँ । अहिले म न त कुनै सम्बन्धमा छु न त कुनै डेटिङ एप्सका लागि समय नै छ ।’

ठट्टा गर्दै कार्तिकले अहिले आफ्नो सिंगल लाइफ रमाइलो गरिरहेको र कसैलाई आफ्नो लोकेशन पठाउनुपर्ने आवश्यकता नरहेको बताए ।

कार्तिक आर्यनले भने, ‘म एकदमै कडा दिनचर्यामा थिएँ, जसमा मैले एथलीटले जस्तै मेरो जिम, खाना र सुत्ने समय तालिका बनाउनुपर्छ । यो सबै दुई वर्षसम्म चल्यो । यसबाहेक पौडी खेल्न पनि सिकिरहेको थिएँ । मेरो दिनचर्या यति व्यस्त थियो कि मसँग अरू कुराको लागि समय थिएन । भुल भुलैया ३ को छायांकन पनि चुनौतिपूर्ण थियो, किनभने समयमै पूरा गर्नुपर्ने थियो ।’

कार्तिक आर्यनको फिल्म ‘चन्दु च्याम्पियन’ १४ जुनमा हलमा रिलिज भएको थियो । यो फिल्म भारतका पहिलो प्याराओलम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पेटकरको जीवनमा आधारित छ ।

कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया ३’ नोभेम्बर १ मा रिलिज भएको छ । फिल्ममा कार्तिकका अलावा विद्या बालन, तृप्ती डिमरी र माधुरी दीक्षित पनि मुख्य भूमिकामा छन् । फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिपोर्टका अनुसार यसले अहिलेसम्म १५० करोडभन्दा बढी कमाइसकेको छ ।