५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनकाे चौधौँ पञ्च वर्षीय योजनाबाट नेपाललाई फाइदा पुग्ने: प्राध्यापक डा झा



अ+ अ-

बेइजिङः चिनियाँ कम्युनिष्ट पार्टीकाे १९औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ।

सम्मेलनले चीनको चौधौँ पञ्च वर्षीय विकास योजना र सन् २०३५ को दीर्घकालीन लक्ष्य प्रस्ताव प्रस्तुत गरेको सिआरआइ नेपाली सेवाले जनाएकाे छ । प्रस्तुत योजनासम्बन्धमा चीनको सिआन मेडिकल यूनिभर्सिटी मातहत चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्च सेन्टरका निर्देशक वैज्ञानिक डा राजीव कुमार झाले यस योजनाबाट चीन आधुनिक सामाजिक देशको रूपमा अग्रसर भएको बताए साथै उनले छिमेकी मुलुक नेपालले फाइदा लिने पर्याप्त आधारहरू उपलब्ध भएको पनि औंल्याएका छन्।

उक्त बैठकले विज्ञान तथा प्रविधिलाई विशेष जोड दिएको बताउँदै डाक्टर झाले चिनियाँ परम्परागत औषधि तथा पश्चिमा औषधिलाई सँगसँगै लाने विषय समेटिएको बताए। उनले भने, २०१५ देखि नै मैले चिनियाँ परम्परागत औषधि तथा पश्चिमा औषधिलाई सँगसँगै लानका लागि वकालत गर्दैआएको थिएँ। अबको यस योजनामा नेपाल पनि परेको छ। किनभने गत वर्ष दुई देश बीच भएको सम्झौतामा नेपालको जडीबुटी क्षेत्रको प्रवर्द्धन गर्ने बुँदा छ। यसले गर्दा नेपाललाई फाइदा पुग्ने छ।

छिमेकी देशहरूलाई उच्च प्राथमिकता दिएको भन्दै चीनले गरिबी निवारणमा पाएको उपलब्धिबाट पनि नेपालले फाइदा उठाउने अवसर पाएको डाक्टर झाले बताए। उनले भने, कोरोना महामारीको अवस्थामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको देखिन्छ, यसकारण चीनको बेल्ट एण्ड रोडको माध्यमबाट नेपालमा पनि गरिबी निवारणको कार्य सम्भव छ।

चीनको सामाजिक आर्थिक अवस्थाको छाप नेपाललाई अवश्य परेको छ र नेपालले सहकार्य गर्नसकेमा ५-१० वर्षमा गरिबी निवारणमा फड्को मार्नसक्ने छ। हाल चीनले पहिलेभन्दा खुलापन, समावेशी र बहूपक्षीयतालाई अङ्गालेको पनि डाक्टर झाको बुझाइ छ। उनी हालसालै मात्र चीनको ‘ए’ श्रेणीको प्रतिभामा छनोट भएका हुन्।