२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ



अ+ अ-

पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका लम्साल पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा लम्साल लामो समयदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।

उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।