२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्वकप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोबल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ ।

नेपालले आईसीसी विश्व कप लिग टु अन्तर्गत अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको नेपाल र स्कटल्याण्डबीचको अन्तिम खेल रद्ध हुन पुग्यो ।

आँधीहुरीको सम्भावनाको कारण खेल रद्ध भएको हो । नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म आँधीहुरीको सम्भावना रहेको अमेरिकी मौसम विभागले जनाएको थियो । योसँगै नेपाल र स्कटल्याण्डले समान १/१ अंक बाँडेका छन् ।

नेपालले अहिलेसम्म कुल १२ खेल खेलेको छ । जसमा मात्र २ खेल जितेको छ । यो अत्यन्त खराब प्रदर्शन हो । ८ खेलमा नेपालले हार व्यहोरिसकेको छ । यो हार सङ्ख्याले पनि नेपाल लयमा नरहेको स्पष्ट पार्छ । दुई खेल रद्ध भएको छ । नेपाल मात्र ६ अंकसहित ८ टिम सहभागी लिग टुको अंक तालिकाको सातौं स्थानमा छ । आठौं स्थानमा रहेको युएईले भने नेपालले भन्दा तीन खेल कम खेलेको छ । १२ खेल सकिँदा नेपाल पहिलो पटक क्यानडासँग हारेको छ । हारको श्रृंखला निरन्तर जारी छ ।

लिग टु कप २०२४–२७ को यात्रा शुरू गर्दा नेपालले एसोसियटको शिर्ष टोली बन्ने लक्ष्य बनाएको थियो । जुन सम्भव पनि देखिएको थियो । किनकी पछिल्लो लिग टुमा १२ मध्येको ११ खेल जित्दै विश्वकप छनोटमा प्रवेश गरेको थियो । यसपछि नेपालले एकपछि अर्को सफलता प्राप्त गर्यो ।

नेपालको सफलता चुचुरोमा नै पुगेको थियो । नेपालले घरेलु मैदानमा पहिलो पटक एसिसी प्रिमयर कप मात्र जितेन । दोही सफलतामा पहिलो पटक एशिया कपको लागि छनोट पनि भयो । एशिया कपमा पनि जाइन्ट राष्ट्रहरू पाकिस्तान र भारतसँग नेपालले जुन प्रदर्शन गर्यो । त्यो सराहनीय थियो । लगत्तै टी ट्वान्टी विश्व कप एसिया छनोटको फाइनलमा पुग्दै नेपालले १० वर्षपछि टी ट्वान्टी विश्व कप खेल्यो ।

यी सफलतामा नेपालको उच्च प्रदर्शनले सबैको मन जित्यो । तर यसपछि भने एकाएक नेपालको प्रदर्शन खस्किँदै गएको छ । जसको कारण लिग टुको १२ खेलमा ८ खेल हार्न पुग्यो । जित्न बिर्सेको अनि क्रिकेट खेल्न बिर्सेको जस्तै बनेको छ अहिलेको टिम । त्यसैले अब टिमको कमिकमजोरी केलाउन जरूरी छ ।

टिमभित्र केही समस्या भए सुल्झाउन ढिला भइसकेको छ । यो टिमले नतिजा दिनैपर्छ । किनकी नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमलाई पछिल्लो समय भरपुर लगानी गरेको छ । तयारीमा कुनैपनि कन्जुस्याईं गरेको छैन ।

खराब प्रदर्शनको कारण नेपाली टिमको खेल्ने शैली ट्वान्टी ट्वान्टी जस्तो छ । अनि नेपाली खेलाडीको प्रदर्शनमा एकरूपता नै छैन । अब नेपाली टिम स्वदेश फर्किए लगत्तै नेपाल प्रिमियर लिगमा व्यस्त हुनेछन् । यसपछि लिग टु २०२५ को मेमा स्कटल्याण्डमा खेल्ने तालिका रहेको छ ।