२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

कोरोनाले मृत्युको तथ्यांकै गलत, किन लुकायो सुचना

कोरोनाले मृत्युको तथ्यांकै गलत, किन लुकायो सुचना
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । सबै संक्रमित शव सेनाले व्यवस्थापन गर्ने गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिए । ‘यसअघि हामीले शव व्यवस्थापनको तथ्यांक सार्वजनिक गर्दा करिब दुई सय हाराहारीले मन्त्रालय र हाम्रो संख्या मेल खाएको थिएन । त्यसपछि सीसीएमसीले तथ्यांक रुजु गर्दै छ,’ उनले भने, ‘सबै रुजु भइसकेपछि मात्रै औपचारिक तथ्यांक बताउन मिल्छ ।’

प्रवक्ता पौडेलले सेनाको पूर्वी पृतनादेखि सुदूरपश्चिम पृतनासम्मले गरेको होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापनको तथ्यांक भने उपलब्ध गराएका छन् । उनका अनुसार कात्तिक १२ गतेसम्म सेनाले होम आइसोलेसनमा मृत्यु भएका ३५ महिला र ७१ पुरुष गरेर १ सय ६ जनाको शव व्यवस्थापन गरेको छ । उपत्यका पृतनाले मात्रै १० महिला र २० पुरुष गरी ३० जनाको शव व्यवस्थापन गरिसकेको छ । असोज ३० सम्म कोरोनाले मृत्यु भएका ८ सय ८९ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।

त्यो दिन स्वास्थ्य मन्त्रालयले रेकर्डमा मृतकको संख्या ७ सय १५ मात्रै थियो अर्थात् एकै दिन विवरणमा १ सय ७४ फरक परेको थियो । संख्यामा यसरी ठूलो अन्तर देखिनुको कारणबारे सैनिक प्रवक्ता पौडेलले केही टिप्पणी गर्न चाहेनन् । ‘त्यसबारे स्वास्थ्य मन्त्रालयले नै बोल्दा उचित हुन्छ । हामीले त लगाएको काम गरेका मात्रै हौं,’ उनले भने । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ १ सय ८५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ सय १५ जनाको मात्र मृत्यु भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म त्यहाँ १ सय ८५ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यको तथ्यांकमा मृतक संख्या १ सय ५७ मात्रै छ ।

वाग्मतीको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या भने स्वास्थ्यको तथ्यांकभन्दा कम छ । प्रदेशका अनुसार कुल मृतक संख्या ४ सय ४४ छ भने स्वास्थ्य मन्त्रालयले ४ सय ४७ रहेको जनाएको छ । गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जनाको मात्रै ज्यान गएको देखिन्छ । लुम्बिनी सरकारका अननुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १ सय ७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १ सय २६ जनाको मात्रै ज्यान गएको उल्लेख गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ । सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मृतकको वास्तविक संख्या र मन्त्रालयलाई प्राप्त संख्याबीच धेरै ठूलो भिन्नता देखिएको स्वीकार गर्दै त्यसलाई मिलाउन समिति नै बनाएर अनुसन्धान गरिरहेको बताए । ‘संख्यामा भिन्नता छ भन्ने थाहा भएपछि मन्त्रालयका अधिकारी, सीसीएमसीमा कार्यरत चिकित्सक तथा ईडीसीडीका प्रमुख सम्मिलित समिति बनाएका छौं,’ उनले भने, ‘समितिले आइतबार प्रतिवेदन पेस गर्छ अनि के गर्ने भनेर निर्णय लिन्छौं ।’ अर्यालका अनुसार प्रारम्भिक रूपमा अस्पताल, स्थानीय तह तथा डीसीसीएमसीबीच समन्वय अभावले तथ्यांक फरक परेको छ । यस्तै केही अस्पतालले ईडीसीडीलाई तथ्यांक उपलब्ध गराएका छैनन् । ‘समस्या पहिचान गरेर हल गर्नकै लागि विज्ञहरूको समिति बनाएका हौं,’ उनले भने, ‘संख्यामा भिन्नता भएको कुरा सही हो ।’

स्वास्थ्यको तथ्यांक कसरी कम ?

विद्युतीय शवदाहगृह पशुपतिमा बिहीबार धुलिखेलकी ७० वर्षीया वृद्धाको अन्त्येष्टि भयो । ती वृद्धालाई संक्रमण देखिएपछि धुलिखेल–६ स्थित घरमा आइसोलेसनमा राखिएको थियो ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नगेन्द्र झाका अनुसार होम आइसोलेसनमा बसेकै बेला उनको मृत्यु भएको हो । मृत्युपछि नेपाली सेनाले पशुपति ल्याएर अन्तिम संस्कार गरेको हो, जुन रेकर्ड स्वास्थ्य मन्त्रालयसँग छैन । ‘संक्रमित देखिँदा होस् वा मृत्यु हुँदा, त्यसको विवरण प्रदेशको सामाजिक मन्त्रालयमा पठाएका हुन्छौं, स्वास्थ्य मन्त्रालयमा किन देखिएन, थाहै भएन,’ झाले भने । त्यस्तै, काठमाडौं कलंकीका एक पुरुषको बुधबार घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भयो । उनको शव सेनाले व्यवस्थापन गरिसक्यो तर मन्त्रालयको विवरणमै उनको नाम समावेश छैन ।

रुकुम पश्चिमको त्रिवेणी–७ की ५३ वर्षीया महिलाको गत कात्तिक ५ मा होम आइसोलेसनमा बसेका बेला मृत्यु भयो । आन्द्राको क्यान्सरको उपचारमा चितवनको भरतपुर क्यान्सर अस्पताल गएका बेला उनलाई संक्रमण पुष्टि भएको थियो । उनको मृत्युको समाचार सञ्चारमाध्यममा समेत आएको थियो तर स्वास्थ्य मन्त्रालयको रेकर्डमा छैन । रुकुम पश्चिम चौरजहारी–१४ का ३३ वर्षीय पुरुषको असोज ३ गते मृत्यु भएको विवरण मात्रै मन्त्रालयसँग छ ।

अस्पतालमा मृत्यु भएकाको विवरण पनि मन्त्रालयले राखेको छैन । कात्तिक १० गते राति टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं–३२, सरस्वतीनगर निवासी ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनको विवरण मन्त्रालयले तयार गरेको मृतकको सूचीमा समावेश छैन । मन्त्रालयको सूचीमा त यो अस्पतालमा भदौ १८ मा काठमाडौं गैरीगाउँकी ८२ वर्षीया महिला र असोज १३ मा म्हेपीकी ८६ वर्षीया महिलाको मृत्यु भएको मात्रै उल्लेख छ । अस्पताल स्रोतका अनुसार कोरोनाकै कारण यो अस्पतालमा ९ जनाको मृत्यु भइसकेको छ ।

पशुपति विकास कोषका अनुसार बुधबारसम्म विद्युतीय शवदाहगृहमा ७ सय ७८ जनाको अन्त्येष्टि भइसकेको छ । तीध्ये ३० जनाले होम आइसोसलनमै ज्यान गुमाएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भने घरमै मृत्यु भएकाको संख्या २२ मात्रै छ । यसमा काठमाडौं र भक्तपुरका १० जना छन् । दैलेख, डोल्पा, सुर्खेत, गुल्मी, बझाङ, चितवन, मोरङ, मकवानपुर, झापा र बाँकेमा मृत्यु भएका १–१ जना र महोत्तरीका २ जना छन् ।, कान्तिपुर दैनिकबाट