बाँके । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा दाङका एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ । शनिबार विहान उपचारको क्रममा घोराही उपमहानगरपालिका ४ का ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।
११कात्तिकमा मेडिकल कलेजको आइसियूमा भर्ना गरिएका पुरुषको स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका संक्रमण पुष्टि भएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताए ।
उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन्। हालसम्म बाँकेमा ४८ जना संक्रमितको मृत्यु भएको छ ।











