१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार २५०८ जना नयाँ संक्रमित, २२६४ निको भए, १७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । शनिबार अर्थात गएको २४ घण्टामा २ हजार ५०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयले यो जानकारी दिएको हो । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको पनि मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन्।

यसरी निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएकोले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।