२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रकाश सपुतले चाडपर्वले जोडेका सहज सम्बन्धका सुन्दर दृश्य के देखे ?



अ+ अ-

काठमाडौं । चर्चित गायक प्रकाश सपुतले नेपाली समाजमा विभेद हट्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् । सपुतले तिहारको टीकाको दिन सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले बाल्यकालमा देखेको विभेदबारे पनि स्मरण गरेका छन् ।

प्रकाशले यस पटक शान्ति सुनार र तेजु छन्त्यालसँग टीका लगाएका छन् । उनले आफू शहरपछि चाडपर्वले जोडका सहज सम्बन्धका विषयमा पनि लेखेका छन् ।

चाडपर्वले जोडेको सहज सम्बन्धका बारेमा आफू शहर पसेपछि देखेका केही सुन्दर दृष्यको उदाहरण प्रस्तुत गर्दै गायक प्रकाशले लेखेका छन्–

अल्लि पहिल्यै देखि काठमाण्डौ बस्दै आउनुभएका लमजुङकि गायिका शान्ती सुनार दिदि र आफ्नै गाउले तेजु छन्त्याल बहिनिले म काठमाडौं पसेपछि शुरुवाती दिनमा निकै सहयोग गर्नु भयो । कार्यव्यस्तताले गाउ जान नसकेपछि मैले उहाहरुसँग तिहारको टिका लगाउन थाले । शान्ती दिदीसँग गायक सञ्जय गुरुङ दाई र मैले टिका लगाउँथ्यौ । तेजु बहिनीका श्रीमान जितेन्द्र राम्जाली मगर ज्वाईले एकजना अमृता विश्वकर्मा दिदीसँग टीका लगाउनु हुन्छ । अमृता दिदीका श्रीमान् राजन विश्वकर्मा दाईले एकजना ठकुरी दिदीसँग टिका लगाउनु हुन्छ । शुरुका वर्षहरुमा काठमाडौंमा अधिकांश चाडपर्व हामीले रवि गौचन थकाली सर को घरमा मनाउँथ्यौ । चाडपर्वले जोडेको यो सहज सम्बन्धहरु म शहर पसेपछि देखेको सबैभन्दा सुन्दर दृश्य हुन् । यस्तो अभ्यास विदेश बस्ने नेपालीहरु बिच पनि छ । म सानो छँदा सबैभन्दा बढी समाजमा विभेद र अफ्ठ्यारो मैले चाडपर्वमा देख्थे यो समयमा धेरै धर्मको कुरा जोडेर महिला र दलितहरुलाई असहज बनाईन्थ्यो ।

यसरी चाडपर्वहरुलाई धार्मिक, सांस्कृतिक रुपमा मात्रै होईन विभिन्न समुदाय विच अन्तरघुलन गराएर समाजलाई परिवर्तन गराउने माध्यमको रुपमा पनि मनाउन सकिने रहेछ है ।

तिहार राम्रै भयो नि ? ल शुभकामना छ है ।