२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रकाश सपुतले चाडपर्वले जोडेका सहज सम्बन्धका सुन्दर दृश्य के देखे ?



अ+ अ-

काठमाडौं । चर्चित गायक प्रकाश सपुतले नेपाली समाजमा विभेद हट्दै गएको भन्दै खुसी व्यक्त गरेका छन् । सपुतले तिहारको टीकाको दिन सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले बाल्यकालमा देखेको विभेदबारे पनि स्मरण गरेका छन् ।

प्रकाशले यस पटक शान्ति सुनार र तेजु छन्त्यालसँग टीका लगाएका छन् । उनले आफू शहरपछि चाडपर्वले जोडका सहज सम्बन्धका विषयमा पनि लेखेका छन् ।

चाडपर्वले जोडेको सहज सम्बन्धका बारेमा आफू शहर पसेपछि देखेका केही सुन्दर दृष्यको उदाहरण प्रस्तुत गर्दै गायक प्रकाशले लेखेका छन्–

अल्लि पहिल्यै देखि काठमाण्डौ बस्दै आउनुभएका लमजुङकि गायिका शान्ती सुनार दिदि र आफ्नै गाउले तेजु छन्त्याल बहिनिले म काठमाडौं पसेपछि शुरुवाती दिनमा निकै सहयोग गर्नु भयो । कार्यव्यस्तताले गाउ जान नसकेपछि मैले उहाहरुसँग तिहारको टिका लगाउन थाले । शान्ती दिदीसँग गायक सञ्जय गुरुङ दाई र मैले टिका लगाउँथ्यौ । तेजु बहिनीका श्रीमान जितेन्द्र राम्जाली मगर ज्वाईले एकजना अमृता विश्वकर्मा दिदीसँग टीका लगाउनु हुन्छ । अमृता दिदीका श्रीमान् राजन विश्वकर्मा दाईले एकजना ठकुरी दिदीसँग टिका लगाउनु हुन्छ । शुरुका वर्षहरुमा काठमाडौंमा अधिकांश चाडपर्व हामीले रवि गौचन थकाली सर को घरमा मनाउँथ्यौ । चाडपर्वले जोडेको यो सहज सम्बन्धहरु म शहर पसेपछि देखेको सबैभन्दा सुन्दर दृश्य हुन् । यस्तो अभ्यास विदेश बस्ने नेपालीहरु बिच पनि छ । म सानो छँदा सबैभन्दा बढी समाजमा विभेद र अफ्ठ्यारो मैले चाडपर्वमा देख्थे यो समयमा धेरै धर्मको कुरा जोडेर महिला र दलितहरुलाई असहज बनाईन्थ्यो ।

यसरी चाडपर्वहरुलाई धार्मिक, सांस्कृतिक रुपमा मात्रै होईन विभिन्न समुदाय विच अन्तरघुलन गराएर समाजलाई परिवर्तन गराउने माध्यमको रुपमा पनि मनाउन सकिने रहेछ है ।

तिहार राम्रै भयो नि ? ल शुभकामना छ है ।