शारजाहः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको हैदराबादले बैंगलोरलाई १२० रनमै रोकेको थियो । हैदराबादका लागि कसिलो बलिङ गरेका सन्दीप शर्माले २, जेसन होल्डरले २, टी नटराजन, शाहबाज नदीम र रसिद खानले समान १–१ विकेट लिएका थिए ।
बैंगलोरका लागि जस फिलिप्पेले सर्वाधिक ३२, देवदत्त पाडिकलले ५, विराट कोहलीले ७, एबी डि भिलियर्सले २४, वासिङटन सुन्दरले २१, गुरकिरात सिंहले १५, क्रिस मोरिसले ३, मोहम्मद सिराजले २ रन बनाएका थिए ।
जवाफमा १२१ रनको झिनो लक्ष्य पछ्याएको हैदराबादले १४.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले ८, रिद्धीमन शाहले ३९, मनिष पाण्डेले २६, जेसन होल्डरले अविजित २६ रन बनाएका थिए ।
यो जितसँगै हैदराबाद १३ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । रन रेट राम्रो भएका कारण हैदराबाद चौथो उक्लेको हो ।
अंक तालिका












