२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने चिकित्सकहरूको चेतावनी

चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने चिकित्सकहरूको चेतावनी
अ अ+ अ-

काठमाडौँ। देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५/२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ । कोरोनाका कारण अस्पताल भर्ना भएर उपचार गराइरहेका व्यक्तिमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या निम्तिने खतरा रहन्छ ।

कोरोना सङ्क्रमण भएर उपचारपछि ठीक भई घर जाने र पछि अन्य जटिलता निम्तिएर मानिसको मृत्यु भइरहेको छ । वीर अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा उपचारपछि डिस्चार्ज भएका एक जना स्वास्थ्यकर्मीको दुई हप्तापछि मृत्यु भएको छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउछन् । उनले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिन्छन्। डा. सुवेदीले कोरोनाबाट सबै उमेर समूहका मानिस उत्तिकै खतरामा छन् ।

अझ सतर्क !
त्यसमा पनि बालबालिका, वृद्धवृद्धा, मुटुरोगी, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दम लगायतका दीर्घरोगीलाई झनै खतरा रहेको जानकारी डा. सुवेदीले दिए ।
सरुवा रोग विशेषज्ञ डा. सुवेदीले दीर्घरोगीहरूले कोरोनासँग अत्यन्त सावधानी अपनाउन सुझाव दिँदै विशेषगरी बस चालक, पसले, विभिन्न अफिस सञ्चालन गर्ने व्यक्तिहरूसमेत बढी जोखिममा रहेको बताए। जाडो मौसम बढ्न सुरु भएदेखि कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ, डा. सुवेदीले भने, “सङ्क्रमित बढ्दै जाँदा अस्पतालका शैया, आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि बढ्दै जाने र अस्पताल पाउन सक्ने सम्भावना कम हुन्छ ।” डा. सुवेदीले कोरोना सङ्क्रमणमा ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने लक्षण सुरुका केही दिनपछि धेरैमा कम हुनसक्ने भन्दै दोस्रो हप्तातिर एक्कासि ज्वरो, स्वाँस्वाँ बढ्ने, अक्सिजन चाहिने र प्रायः बिरामीले १÷२ दिन देखिएर लक्षण हराउन सक्ने बताए । उनले लक्षण सुरु भएको बेलातिर सबैभन्दा बढी हुने र केही दिनमै पीसीआरको पहिचान गर्ने क्षमता धेरै घट्ने बताए ।

दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना धेरै कम हुने उनको भनाइ छ । डा. सुवेदीले सङ्क्रमितहरू अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुगेको तर पीसीआर भएको छैन । कोरोना पुष्टि भइसकेकालाई अरू बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्ने तर कोरोनाको शङ्का मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न नमिल्ने हुँदा समस्या हुने बताए । डा. सुवेदीले भल्ब भएको मास्क देशव्यापी रूपमा बन्देज गर्नुपर्ने बताए । उनले भल्ब भएको मास्कले अरूलाई रोग सार्ने भएकाले भल्ब भएको मास्क नलगाउन समेत आग्रह गरे ।
कान्ति बाल अस्पतालका निर्देशक एवं बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल अन्तर्राष्ट्रिय अध्ययन अनुसार कोरोनाका लागि जाडो मौसम प्रतिकूल छ भन्छन् । उनले सुरुमा कान्ति बाल अस्पतालमा कोरोना परीक्षणका लागि सरकारले नतोकेको भए पनि हालसम्म कान्ति अस्पतालका २० चिकित्सकसहित ७० भन्दा बढीलाई कोरोना सङ्क्रमण भइसकेको जानकारी दिए । डा. पौडेलले कान्ति अस्पतालमा उपचार गराएका तीन जना बालबालिकाको कोरोनाको कारण मृत्यु भएको जानकारी दिँदै कोरोनाले वृद्धवृद्धा, युवा तथा बालबालिका कोहीलाई पनि नछाड्ने बताए। डा. पौडेल भन्छन्, ‘‘जाडो सुरु हुनासाथ सीओपीडीका बिरामी उच्च जोखिममा रहने भन्दै निमोनिया र सीओपीडीका बिरामी जाडो मौसममा जोखिममा छन् ।’’

उनले बालबालिकामा पनि टन्सिल, ब्रोनकाइटिस, स्वासप्रस्वास जस्ता समस्या देखिने भएकाले अति सतर्कता अपनाउनुपर्ने बताए । जाडोमा शरीरमा सुक्खापन हुने र शरीरको श्वासप्रश्वास प्रणालीमा हुने कोषिकाहरू कम सक्रिय हुँदा शरीरमा लामो समयसम्म कोरोनाभाइरस रहने बताए । अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने जानकारी दिए । गोरखापत्र दैनिक