२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

कक्षा–१२ को परीक्षा: ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिइने

कक्षा–१२ को परीक्षा:  ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिइने
अ अ+ अ-

काठमाडौं । ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ । जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् ।

प्रश्नपत्र पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘प्रश्न सोधिने समूह विगतजस्तै हुन्छन्, भार मात्र घट्ने हो । तर, सबै कोर्स समेट्ने गरी प्रश्न सोधिने भएकाले विद्यार्थीले सबै युनिट पढ्नुपर्छ,’ उनले भने । मुख्य विषयका मोडेल प्रश्न तयार गरी १(२ दिनमा बोर्डको वेबसाइटमा राखिने उनले जानकारी दिए । अघिल्ला वर्षमा ८० पूर्णांकको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था हुँदै छ । विगतमा जति समूह थिए या लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले त्यही शैलीमा प्रश्न तयार गरिँदै छ । तर, प्रश्नको संख्या घट्नेछ । कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको हो ।

सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि सुरु हुने गरी बोर्डले तालिका सार्वजनिक गरिसकेको छ । ८ वैशाखदेखि सञ्चालन हुने तय भएको कक्षा–१२ को परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो । नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । कक्षा–१२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । त्यसअनुसार देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र कायम भएका छन् । विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा भने सम्बन्धित विद्यालयमै परीक्षा दिन जानुपर्नेछ । बोर्डले परीक्षाका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । कक्षा–१२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन् ।

कुनै परीक्षार्थी यसबीचमा कोरोना संक्रमित भए या आइसोलेसनमा बसेको पाइए निको भएपछि परीक्षा लिने व्यवस्था मिलाइएको छ । बोर्ड अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलका अनुसार कोभिड–१९ पजिटिभ रिपोर्ट विद्यालयमा पेस गरेपछि त्यसको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्था मिलाइनेछ । परीक्षा हलमा विद्यार्थीलाई कम्तीमा दुई मिटर दूरीमा राख्ने व्यवस्था छ । पौडेलका अनुसार परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिलाइनेछ । जति ठूलो हल भए पनि हरेक २० भन्दा बढी विद्यार्थी राख्न पाइनेछैन । परीक्षा केन्द्रमा मास्कलगायत स्वास्थ्य सामग्री प्रयोगलाई अनिवार्य गरिएको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमध्ये एक सय ३८ वटामा १० भन्दा कम परीक्षार्थी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ५० भन्दा कम परीक्षार्थी रहेका केन्द्रको संख्या पनि धेरै छ । नयाँ पत्रिका दैनिक