५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ, १८ कात्तिकः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा वन सचिव डा दीपककुमार खराललगायत उच्च अधिकारीले स्वागत गर्नुएको थियो ।

कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई अक्टोबर २९ र ३० तारिखमा सम्बोधन गर्नुभएको थियो ।

उहाँले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धि बारेमा जानकारी गराउनुभएको थियो । वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।रासस