६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ



अ+ अ-

धरान: बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु.नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।रासस