२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब

ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब
अ अ+ अ-

ललितपुर । राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागले ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब दिन थालेको छ । ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम स्थगित भएपछि सोही जिल्लाका लागि नियुक्ति पाएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा जान अप्रत्यक्ष दबाब दिन थालेको हो । तर दर्ता अपरेटरहरुले राजधानीसँग जोडिएको जिल्लामै विवरण संकलन कार्य भद्रगोल भएको भन्दै सिन्धुलीमा गएर काम गर्न रुचि देखाएका छैनन् । दर्ता अपरेटरहरुले विवरण संकलनका लागि व्यवस्थापकीय जिम्मेवारी मिलाउने काममा विभाग र प्रशासन कार्यालय गम्भीर नभएको आरोपसमेत लगाउँदै आएका छन् । उनीहरुले यस्तो अवस्था र त्यसमाथि कोरोना महामारीको बेला सिन्धुलीमा गएर कसरी काम गर्ने भन्ने प्रश्न विभाग समक्ष तेस्याउँदै आएका छन् । विभाग र दर्ता अपरेटरहरुबीच उत्पन्न असमझदारी विभाग र जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म सबैलाई चित्त बुझ्ने गरी समाधान गर्न नसकेकको पाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको सो विभागले हाल दर्ता अपरेटरहरुलाई अन्यत्र जिल्लामा खटाउने निर्णय गरेको निर्देशक विष्णुहरि उपाध्यायले जानकारी दिए । निर्देशक उपाध्यायले विवरण संकलन स्थगित गर्ने निर्णय गरेसँगै विभागले आ–आफ्नो वडाहरुमा राखिएका ल्यापटप, प्रिन्टर, स्क्यानर, आइरिस (आँखाको नानीको फोटो खिच्ने उपकरण), मर्फो (औंलाको छाप स्क्यानिङ गर्ने उपकरण), क्यामरालगायत विभिन्न उपकरण फिर्ता गर्न विभिन्न स्थानीय तहलाई पत्राचार गरेको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमका कारण परिचयपत्रका लागि दर्ता संकलन कार्यक्रम स्थगित  गर्नुपरेको पनि विभागले गरेको सो पत्राचारमा उल्लेख गरिएको छ । विभागले विवरण संकलन कार्यक्रम स्थगित हुनुको कारण औपचारिकरुपमा कोरोना महामारीको कारण देखाए पनि यस्तो अवस्था आउनुमा विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरबीच समन्वयको अभावमा रहेको दुवै अधिकारीहरुले स्वीकार गरेका छन् । दर्ता अपरेटरहरुका अनुसार प्रशासन दर्ता अपरेटरहरुको सेवा सुविधाअनुरुप पारिश्रमिक दिनेदेखि आवश्यक व्यवस्थापकीय कार्यमा मात्र गैरजिम्मेवार देखिएको होइन, जिल्लाका स्थानीय तहबीच समन्वय गर्ने काममा पनि प्रशासन चुकेको वडाध्यक्ष र स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक रुपमा बोल्दै आएका छन् । दर्ता अपरेटरहरुले यो कुरो कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसमक्ष लिखितरुपमा नै बुझाइसकेका छन् ।

‘एक त तोकिएको सेवा सुविधा पाउन अनेक झन्झट बेहोर्नुपर्ने । त्यसमाथि ललितपुरमा काम गरिरहेका दर्ता अपरेटहरु सिन्धुली गएर उही सेवासुविधामा काम गर्नुपर्ने अवस्थालाई कसरी स्वीकार गर्ने ?’ –एक दर्ता अपरेटरले भने । सिन्धुलीमा काम गर्न पठाउने विभागको नीति कतै ललितपुर जिल्लाका लागि नियुक्ति पाएका दर्ता अपरेटरहरुलाई विभागको आदेश नमानेको भन्दै सेवा करार रद्द गर्ने बहाना त बनाउने होइन भनेर दर्ता अपरेटरहरुले आशंका व्यक्त गर्दै आएका छन् । ‘यसको जवाफ न विभागले दिएको छ, न प्रशासन कार्यालयले नै।’ –दर्ता अपरेटरहरु बताउँछन् । यसैबीच विभागले १ सय जना दर्ता अपरेटरहरुका लागि निवेदन दिन आह्वान गरेकाले पनि सो आशंकालाई बल पुर्याएको दर्ता अपरेटहरुको भनाइ रहेको छ । गृह मन्त्रालयको एक जिम्मेवार निकायले सेवा करारका सर्तको उल्लंघन गर्दै स्वैच्छाचारी व्यवहार देखाउँछ भने राज्यको कुन निकायबाट जवाफदेही र जिम्मेवारीको अपेक्षा गर्ने भनेर प्रश्न उठाउँदा अहिलेसम्म गोलमोटोल जवाफ दिँदै आएको पाइएको छ । नेपाल समाचारपत्र दैनिक