२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

सार्वजनिक यातायातमा भाडा लिस्ट अनिवार्य टाँस्नुपर्ने

सार्वजनिक यातायातमा भाडा लिस्ट अनिवार्य टाँस्नुपर्ने
अ अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुबाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही गर्ने अभियान थालेको छ । सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘यात्रु ठगिनबाट रोक्नका लागि सबैले देखिने ठाउँमा भाडादरको लिस्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको हो,’ उनले भने । सवारीसाधनले त्यस्तो लिस्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने उनको भनाइ छ । 

महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा सवारीसाधनको चेकजाँच थालेको छ । यात्रुबाहक सवारीसाधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गरेको गुनासो आएपछि काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । 

सडक र सवारी प्रयोगकर्ताहरूलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै महाशाखाले सवारीसाधनमा ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने, हर्न बजाउने, ढोका खुला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई यसै अभियानमार्फत कारबाही गरिरहेको जानकारी दिएको छ । नयाँ पत्रिका दैनिक