४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश सरकार पुनर्गठन हुँदै, तीनमन्त्री थपिने



अ+ अ-

काठमाण्डौं । कर्णाली प्रदेश सरकार पूर्नगठन हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व अविश्वास प्रस्ताव दर्ता भएसँगै बढेको विवाद केन्द्र सम्म आईपुग्दा पनि समाधान नभकै अबस्थामा मन्त्रीमण्डल पूर्नगठन हुन लागेको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले   सामाजिक संञ्जाल फेसबुक मार्फत आफूहरु सरकार बाट बाहिरिन लागेको जानकारी गराउनुभएको छ ।

मन्त्री रावलले लेख्नु भएको छ- कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।

कर्णाली सरकारमा पार्टीका अध्यक्ष केपी ओली  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  निकट ब्यक्तिहरु मन्त्री रहदै आएको र अब अध्यक्ष ओली पक्षका नेता बाहिरिए संगै वरिष्ठ नेता माधब कुमार नेपाल पक्षका तीन मन्त्री थपिन सक्ने एक सासदले जानकारी दिनुभयो । हाल राबल संगै नन्दसिङ बुढा ओली पक्षका बाट सरकारमा सहभागि हुनहुन्छ । ती सासदका अनुसार शनिबार नै मन्त्रिमण्डल पुनर्गठनको खाका तयार र आईतबार सपथ गराउने तयारी भै रहेको छ । सांसद यामलाल कँडेलको अगुवाइमा १८ जना बहुमत सासदले अबिश्वासको प्रस्ताब दर्ता गराएपनि पछि माधब नेपाल समुहका ७ सासदहरुले  कडेललाई साथ नदिएपछि ओली प्रस्ताव अस्वीकृत भएको थियो ।