५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशका कानून मन्त्री शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

बाजुरा(मार्तडी) । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा उनीहरुले कोरोना परीक्षण गराएका थिए । आफुहरुलाई कोरोना संक्रमण भएको कुरा मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजानिक गरेका छन् ।

मन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किन्छु ।’ कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि आफूलाई कोरोनामा भएको प्रष्ट्याउदै मन्त्री शाहले भने, ‘मेरो स्वास्थ्यमा खासै समस्या छैन्, कोरोनालाई परास्त गरी छिट्टै काममा फर्किनेछु ।’ गृह जिल्ला बाजुरामा दशैँ मनाएर फर्किएका मन्त्री शाहले सामान्य ज्वरो र पखाला लागेपछि शंका लागेर परीक्षण गराएको बताउँदै अहिले स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।