१६ कार्तिक २०८१, शुक्रबार
,
Latest
नियमित यौन सम्बन्धले तौल नियन्त्रण हुने ! लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु कुन सपना देख्दा कस्तो फल मिल्छ ? जान्नुस यी तथ्य काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद सिस्नुपानी देउसी: हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन् , कोही भैंसी दुन जान्छन् उतै… लाइयुआनको गौरवमा हेबेई प्रान्तको विकास फड्को यस वर्ष भाईमसलाको मूल्य ३० प्रतिशतले वृद्धि पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छः अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने



अ+ अ-

भक्तपुर: यहाँका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।

भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५.१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न र कात्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकाले भाइटीका अर्थात् किजा पूजा मनाउने निर्णय गरेपछि नगरक्षेत्रका नेवार समुदायले आज म्हःपूजा र भोलि भाइटीका गर्ने भएका हुन् ।

नगरपालिकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर नगरपालिकाले भने कात्तिक १७ गते मनाउने निर्णय गर्दै नगरवासीलाई आह्वान गरेको हो । रासस