४ आश्विन २०८१, शुक्रबार
,
Latest
नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस ७६ वर्षको उमेरमा महेश भट्टले सुरु गरे पोडकास्ट एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित काँग्रेस नेता विश्वकर्माको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुदै



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। कोरोना संक्रमणका कारण विरामी परेका उनलाई निमोनिया पनि भएको छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कांग्रेसका नेता विश्वकर्मालाई आइसियुबाट पनि शनिबारदेखि भेन्टिलेटरमा सारिएको हो । उनी ग्राण्डी अस्पतालमा उपचाररत छन्।

चिकित्सकहरुका अनुसार विश्वकर्माको स्वास्थ्य अवस्थाको अवस्था शनिबार थप बिग्रिएको छ । यस बारेमा उनको परिवारका सदस्यलाई जानकारी दिइएको र आइतबारको अवस्थाको बारेमा केही जानकारी दिइएको छैन । 
‘उ‘निमोनियाले फोक्सोलाई ७० प्रतिशत प्रभावित बनाएको चिकित्सकले जनाएका छन् । विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको थियो।

‘उहाँको फोक्सोभित्र कोरोना भाइरस छ। त्यसलाई उहाँको शरीरको इम्युनिटी प्रणालीले कसरी हटाउन सक्छ। बिग्रेको फोक्सो कसरी सुधार हुन्छ त्यसमा नै उहाँको स्वास्थ्य निर्भर रहन्र्छ एकजना चिकित्सकले जानकारी दिएका छन् । 

विश्वकर्मालाई फोक्सोबाहेक अरू समस्या भने नरहेको डाक्टरहरूले बताएको विश्वकर्माका आफन्त दिवस पौडेलले जानकारी दिए । विश्वकर्माको स्वास्थ्य स्थिर रहेको जानकारी आफूहरूलाई दिइएको उनले बताए। 

‘उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ। स्वास्थ्यमा सुधार आउन केहि समय लाग्छ भन्ने डाक्टरहरूको भनाइ छ,’ पौडेलले भने । उनको स्वास्थ्य अवस्था बिग्रेका कारण भेन्टिलेटरमा सार्नुपरेको अस्पतालले जनाएको छ।

विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना देखिएको थियो। त्यसपछि केहि दिन होम आइसोलेसन बसेका उनलाई वीर अस्पताल लगिएको थियो । त्यहाँ पनि उनको स्वास्थ्यमा सुधार हुन नसकेपछि ग्राण्डी अस्पताल लगिएको हो ।