काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको गोदावरीमा निर्माण भईरहेको अन्तराष्ट्रिय सभाहलको निरिक्षण गर्न पुग्नु भएको छ ।
झण्डै तीन हजार सिट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ ।

निरिक्षणका क्रममा प्रधानमन्त्री ओलीले आगामी माघ मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी कामलाई तीब्रता दिन निर्देशन दिनुभएको छ । लामो समय देखी बालुवाटार बाट बाहिर ननिस्कनु भएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको सन्देश प्रबाह गरेकै दिन बालुवाटार बाट बाहिर निस्कनु भएको हो ।











