२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई स्तब्ध बनाउदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसीपको उपाधि



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम नेपाललाई २-१ ले हराउदै बंगलादेशले उपाधि जितेको हो ।

यो सँगै साफ फाइनलमा नेपाल छैटौं पटक स्तब्ध भएको छ । बंगलादेशले भने लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो। रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो।

मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गरेकी थिईन् । लगत्तै नेपालले गोल फर्काएको थियो । नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १-१ को अवस्थामा ल्याएकी थिइन्।

बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो। बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो।

तस्बिर : प्रदीपराज वन्त/रासस




भर्खरै