१४ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीद्वारा नेपाली टोलीलाई धन्यवाद नेपाललाई स्तब्ध बनाउदै बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसीपको उपाधि साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल- फोटो  फिचर  साफ च्याम्पियनसीप फाइनलः नेपालविरुद्ध बंगलादेशले लियो अग्रता बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको निधन कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन पहिलो हाफमा नेपाल र बङ्लादेशबीचको खेल बराबरी कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको निधन



अ+ अ-

काठमाडौँ: राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मोहनमान सैँजुको ८३ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि पार्किनसन रोगसम्बन्धी समस्या झेल्दै आउनुभएका सैँजुको सानेपास्थित आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको उहाँको छोरी मीता प्रधानले जानकारी दिनुभयो । उहाँले अमेरिकाका लागि नेपाली राजदूत, गरिबी निवारण कोषको उपाध्यक्ष, राष्ट्रिय योजना आयोगको सदस्य, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा सेडाको प्रमुख विशेषज्ञ भई काम गर्नुभएको थियो । सुप्रवल गोर्खा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रवल त्रिशक्ति पट्टबाट उहाँ सुशोभित हुनुहुन्थ्यो ।

पूर्वराजदूत सैँजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी एक सय ५० भन्दा धेरै लेख विभिन्न पत्रपत्रिकामा अङ्ग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । श्रीमती, एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँको शुक्रबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।