२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको पहिलो भ्रमण चीनबाट, मंसिर १७ गते जाने



file photo: rss
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते चीन जाने भएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते अर्थात २ डिसेम्बरमा चीनको राजधानी बेइजिङ जानु हुने भएको हो । भ्रमणका तयारी तीव्र पारिएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, मंसिर १७ देखि २० सम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको छ । पछिल्लो पटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेट भएको थियो । सोही बेला चिनियाँ विदेश मन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।

नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले पार्टीका उच्च अधिकारीहरूसँग आफ्नो चीन भ्रमणका बारेमा अनौपचारिक छलफल गरेका थिए । एमाले उच्च अधिकारीहरूले चीन भ्रमण गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए ।

चिनियाँ विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई प्रधानमन्त्री ओलीको भ्रमणबारे औपचारिक पत्र पठाइसकेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने तयारीमा छिन् ।

नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले ओलीसँग भेट गरेका थिए । बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटका राजदूत सोङले त्यहीबेला चीन भ्रमणबारे अनौपचारिक छलफल गरेका थिए ।