१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सुरु भयो रुपाली होलीको रौनक

सुरु भयो रुपाली होलीको रौनक
अ अ+ अ-

महेन्द्रनगर । पचासौँ वर्षदेखि एउटा गाउँका नागरिकले परम्परागत शैलीमा मनाइने होलीलाई अझै निरन्तर बनाएको छन् भन्दा आश्चर्य लाग्न सक्छ, तर त्यो यथार्थ र होलीको गर्विलो इतिहास डडेल्धुराको रुपालीले कायम राखेका छन् । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन् ।

विसं २०१८ देखि हालसम्म कञ्चनपुर र कैलालीलगायत मुलुकका विभिन्न ठाउँमा बसाइ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीयवासी बसाइसँगै त्यहाँको परम्परागत पर्वलाई पनि मनाउँदै आएको रुपाली समुदायका अगुवाको भनाइ छ । होटल व्यवसायी सङ्घ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष केशवसिंह जोराले आफूहरुले लामो समयदेखि रुपाली होली मनाउँदै आएको बताउनुभयो ।

“पञ्चायतकालमा समेत रुपाली होलीलाई तत्कालीन अञ्चलाधीशको कार्यालयमा स्थान दिइन्थ्यो”, उहाँले विगत सुनाउँदै भन्नुभयो, “अहिले पनि हाम्रो समुदायमा युवा पुस्ताले पनि होलीलाई भव्यरुपमा मनाउँछन् ।” भव्यरुपमा यो पर्व मनाउँदै आएको भीमदत्तनगरका स्थानीय अजुर्नदेव जोशीले जानकारी दिनुभयो ।

उहाँले आफ्नो परम्परा, संस्कृतिको जगेर्ना र युवा पिँढीलाई आत्मसात् गर्न होली रुपाली समुदायको घर÷घरमा पुगेर मनाउने गरेको बताउनुभयो । “हाम्रो होली मित्रताको भावनाअनुसार खेलिन्छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्व रहेकाले होलीमा मदिरालगायतका मांशाहारी खाना बन्देज हुन्छ ।”

त्यसैगरी नेपाली कांग्रेसका पूर्व पार्टी सचिव ईश्वरी जोशीले डडेल्धुराको रुपालसंगै कञ्चनपुरको महेन्द्रनगरस्थित गोवरिया, जानकी टोल, तिलकपुरका साथै कैलालीमा समेत रुपाली समुदायमा होली सुरु भइसकेको बताउनुभयो । “यहाँ होलीमा सङ्कलन भएको रकमले वैजनाथ मन्दिरको विकासमा खर्च गर्ने गरेका छौँ”, जोशीले भन्नुभयो, “आजबाट घरघरमा पुगेर होली खेल्ने तयारी छ ।”

उहाँले अनेक चाडपर्व र कला संस्कृतिको भीडमा रुपाली होलीको पनि महत्व रहेको बताउनुभयो । दशकौँदेखि महेन्द्रनगरमा रुपाली होली समिति नै बनाएर हरेक वर्ष एकादशीदेखि पूर्णिमासम्म होली मनाउँदै आएका रुपाली समुदायका स्थानीयले होलीमा सहभागी सबैको घरमा पालोपालो गरी खेल्न पुग्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको हुन्छ ।

देउडाजस्तै पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान श्रीकृष्ण र रामको महिमा तथा चरित्रको बारेमा गुणगान गाइँन्छ ।  यो होलीका बेला काम विशेषले घर बाहिर गएका पनि विदा वा समय मिलाएर घर आउने गर्छन् । सुदूरपश्चिम प्रदेशमा पनि समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन ।

आज यहाँको बैजनाथ मन्दिरमा पूजा तथा अर्चना गरी सुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगेर बिर्सजन हुने जोशीको भनाइ छ । उहाँले महेन्द्रनगर र आसपासका क्षेत्रमा मात्रै करिब २५० परिवार रुपाली समुदायको बसोबास रहेको बताउनुभयो । रुपालीको घरमा होली खेल्दा ढोला, तवलाको धुनमा भगवान्का गीत गाएर घरपिच्छे अबिर लगाउँदै पर्व मनाउने गरिन्छ । “बिहे र सन्तान भएको घरकाले फगुवालाई होलीका मौकामा विशेष भोजनसमेत गराउने चलन पनि छ”, जोराले भन्नुभयो, “परम्परागत होलीलाई संरक्षण एवं सम्वद्र्धनका लागि जोड दिनुपर्छ ।”