१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले रोजगारीमा नयाँ चुनौती र जोखिम बढ्योः अध्यक्ष कुँवर



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनले श्रम रोजगारीको क्षेत्रमा चुनौति सिर्जना गरेको बताउनुभएको छ ।

मंगलवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा जलवायु परिवर्तनले श्रम रोजगार क्षेत्रमा पारेको प्रभाव विषय कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा जलवायु परिवर्तनका भएको असरले रोजगारको क्षेत्रलाई प्रत्यक्ष असर परेको बताउनु भयो । उहाँले श्रम रोजगारमा जलवायु परिवर्तनका विषयमा सरकारले बेवास्ता गरेको समेत आरोप लगाउनु भयो । उहाँले सरकारलाई दबाब सिर्जना गरी जलवायु परिवर्तनले श्रम रोजगारमा पारेको असरलाई न्युनिकरण गर्न केन्द्रले विभिन्न कार्यक्रम गर्दै खबदारी गरेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तजको कारण श्रमिकले काम गर्ने समयमा समेत असर परेको बताउनु भयो । उहाँले दिउँसोको समयमा काम गर्न नसक्दा बिहान बेलुका काम गर्ने अवस्था रहेको बताउनु भयो । पर्वतारोहणको क्षेत्रका श्रमिकलाई थप चुनौति रहेको बताउनु भयो । उहाँले सवारी साधनमा आएको परिवर्तन,कृषिमा बेमौसममा पानी पर्दा कृषिमा समेत असर परेको बताउनु भयो । उहाँले निर्माणको क्षेत्रमा बढी जोखिम भएको बताउनु भयो । वातावरणीय प्रभावको कारण रोजगारी प्रभावित भइरहेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनको असरले मजदुरहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न थालेको बताउनु भयो ।