२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीयस्थल हम्पालमा विद्युतीकरण



अ+ अ-

पर्वत । धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर हम्पाल लेकमा विद्युतीकरण गरिएको छ । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित जलजला गाउँपालिका–५ र ६ को सिमानामा रहेको यस क्षेत्रमा सोमबार विद्युत् जडान गरिएको हो ।

जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यले बत्ती बालेर विद्युतीकरणको शुभारम्भ गर्नुभएको हो । हम्पाल क्षेत्रको अन्य भागमा पनि विद्युतीकरण भइरहेको उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि तीनहजार तीन सय मिटरको उचाइमा अवस्थित कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवं प्राकृतिक रुपमा सुन्दर पर्यटकीयस्थलको रुपमा परिचित छ । पछिल्लो समय यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गर्न थालिएको छ । हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रुपमा पूर्वाधार निर्माण थालेका हुन् ।

पर्यटकका लागि आश्रयस्थल, भ्यूप्वाइन्ट, खानेपानी, शौचालय निर्माण र सडक स्तरोन्नति गरिएको हो । विद्युत् सुविधा पुगेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने यहाँ होटल सञ्चालन गर्दै आउनुभएका टीकाबहादुर पुनले बताउनुभयो । “विद्युत नहुँदा पर्यटक बास बस्न मान्दैन थिए, अब हम्पालमै पर्यटकलाई बास राख्न सकिन्छ”, उहाँले भन्नुभयो ।

हम्पाल र जलजलालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न करिब रु एक अर्ब लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यूप्वाइन्ट, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो । सङ्घ र प्रदेशबाट विनियोजित रु २०र२० लाखबाट उक्त पूर्वाधार निर्माण भएका हुन् ।

यसैगरी गत आवमा निर्माणधीन भवन बनाउन गाउँपालिकाबाट रु १४ लाख ५० हजार विनियोजन गरी भवनलाई पूर्णता दिइएको पालिकाका इन्जिनियर सुनिल बाँनियाले जानकारी दिनुभयो ।

यहाँबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ«े मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ सम्मको भूगोल अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा नीरमसी, पाँचआँैलो सतुवालगायत बहुमूल्य जडीबुटीका साथै कालो मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षी पाइन्छ । लालीगुराँसको जङ्गल रहेको हम्पालमा ठूलो मैदान छ । सोही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाको छ । मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण थालेको छ ।
(((