५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक बस्दै, राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

एक मन्त्रीका अनुसार आजको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी भएको छ । यो अध्यादेश जारी भएमा दल विभाजनका लागि सहज हुने छ । यसै गरी आजकोबैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा पनि ठोस निर्णय हुने जनाईएको छ ।

एक मन्त्रीले न्यूजपोलारसंग भन्नुभयो “कुनै घटनाक्रम बिचमा बिकसित भएन भने आज राजनीतिक दल सम्बन्धी अध्यादेश जारी हुन्छ ।”

अध्यादेशका बिषयमा आज बिहान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक बिच छलफल भएको र उहाँहरुको छलफल पछि काग्रेस सभापति शेरबहादुर देउवासंग पनि छलफल भै सहमति भएको ती मन्त्रीले जानकारी दिनुभयो ।