२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन्छौः रास्वपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले ९० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने आधार दिन सक्ने बताएका छन् ।

बालुवाटारमा जारी विरोध प्रदर्शनको क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

आफूहरूले बुझाएको प्रतिवेदन सरकारले बेवास्ता गरेपछि सडकमा आएको बताउदै उनले भने, ‘हामीले ६ महिनाअघि नै सहकारीको समस्या समाधान गर्नको लागि प्रतिवेदन सरकारलाई बुझायौँ। सदनमा कुरा उठायौँ। सहकारीको पैसा फिर्ता गराउने आधार दिएका थियौँ। त्यो कुनै नसुनेपछि हामी सडकमा आएका हौँ। चुनौती होइन, सरकारलाई मेरो अनुरोध एउटा प्राधिकरण वा समिति बनाओस् त्यहाँ हामीलाई पनि राखोस्, ९० दिन सहकारीको बचत रकम फिर्ता गर्ने आधारसहित हामी दिन्छौँ। एकैचोटी सकिँदैन सुरु गर्न सकिन्छ।’

आफूहरू विधिको शासन मान्ने भएकाले कानून अनुसार भागेर नजाने बताउदै उनले पार्टी सभापति रवि लामिछानेलाई बाहिर राखेर अनुसन्धान गर्न पनि माग गरे ।