४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं महानगरमा प्लास्टिकका फूलमा प्रतिबन्ध, स्वदेशी फूल बिक्री गर्न तोकियो ४६ स्थान

काठमाडौं महानगरमा प्लास्टिकका फूलमा प्रतिबन्ध, स्वदेशी फूल बिक्री गर्न तोकियो ४६ स्थान
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहनको नीति लिएको हो ।

काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो ।

गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।

कहाँ कहाँ पाइन्छ फूल बिक्री गर्न ?

१) आरती पार्टी प्यालेस, माछा पोखरी

२) बुद्ध मल, माछा पोखरी

३) बालाजु भाटभटेनी, माछा पोखरी,

४) भ्याली कोल्ड स्टोर, बालाजु

५) सामुदायिक भवन, बालाजु

६) धर्म चक्र पार्क, स्वयम्भू

७) स्वयम्भू मार्ट

८) भाटभटेनी, कलंकी

९) कलंकी ट्र्रेड सेन्टर, कलंकी

१०) एस. एन. एस., कलंकी

११) एन. बि. टि. सि., कलंकी

१२) नेपा व्याङ्क्वेट, खुशिँवु

१३) बिग मार्ट, कालधारा, पकनाजोल

१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५) काठमाडौँ मल, सुन्धारा

१६) सिभिल मल, सुन्धारा

१७) सिटिसि मल, सुन्धारा

१८) रञ्जना मल, नयाँ सडक

१९) विग मार्ट कम्प्लेक्स, अनामनगर

२०) एटि कम्प्लेक्स, न्यू प्लाजा

२१) भाटभटेनी, अनामनगर

२२) आइटी प्लाजा, कमलादी

२३) संकटा चोक, टेवहाल

२४) के. एल. टावर, चाबहिल

२५) वि एन्ड एसएम, बौद्ध

२६) भर्गो जापान, शंखमुल

२७) आइप्लेक्स, बानेश्वर

२८) एनबि सेन्टर, नयाँ बानेश्वर

२९) फोनिक्स टावर, बत्तीसपुतली

३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

३१) बिगमार्ट, शंखमुल

३२) बिबिएसएम, कोटेश्वर

३३) सिफल चौर, सिफल

३४) केटिएम पार्टी प्यालेस,

३५) निराकल कम्प्लेक्स, शंखमुल

३६) एसि कम्प्लेक्स, चाबहिल

३७) भाटभटेनी, कोटेश्वर

३८) भाटभटेनी, नक्साल

३९) विग मार्ग, बालुवाटार

४०) सेल्स बेरी, महाराजगञ्ज

४१) भाटभटेनी, महाराजगञ्ज

४२) कोइराला मार्ट, सामाखुशी

४३) विग मार्ट, सामाखुशी

४४) सिटी सेन्टर, कमलपोखरी

४५) ल्होत्से मल, बालाजु

४६) सासा ब्याङकेट सोह्र खुट्टे

महानगरपालिकाले स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्ने जनाएको छ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।

काठमाडौं महानगरपालिकाले थप जानकारीका लागि नि:शुल्क नम्बर ११८० मा कल गर्न सकिने जनाएको छ । यसैगरी नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सकिने महानगरपालिकाको भनाइ छ ।

महानगरपालिकाले फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गरेको छ । कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।