१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले टस जितेर फिल्डिङ रोज्यो, बैंगलोरको मध्यम सुरुआत



अ+ अ-

अबुधाबीः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबारको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
आजको खेलमा विजयी हुने टिम प्लेअफका लागि छनौट हुनेछ ।

दुबै टिमको हाल समान १४–१४ अंक रहेको छ ।

विगत चार वटा खेलमा लगातार पराजय भएका कारण दिल्ली क्यापिटल्स दबाबमा छ । दिल्लीले आजको खेलका लागि तीन खेलाडी परिवर्तन गरेको छ । अजिन्क्य रहाणे, अक्षर पटेल र डेनियल साम्स आज खेल्दैछन् ।

पहिलो इनिङ ब्याटिङ शुरु भइसकेको छ । पछिल्लो ताजा विवरण अनुसार ७ ओभरमा बैंगलोरले १ विकेट गुमाउँदै ४६ रन बनाएको छ । अहिले क्रिजमा कप्तान विराट कोहली र फर्ममा रहेका ब्याट्सम्यान देवदत्त पाडीकल खेल्दैछन् ।