२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारीमा छौँः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले गैरआवासीय नेपालीलाई खेलकुद सद्भावना दुत बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निकट भविष्यमै खेलकुद सद्भावना दुत गैरआवासीय नेपालीलाई बनाउनका मन्त्री परिषद्मा प्रश्ताव लैजाने कोशिस गरिरहेको बताउनु भयो ।

उहाँले नेपालको खेलकुद क्षेत्रको विकासका लागि लगानी गर्न गैरआवासीय नेपालीहरुसँग आह्वान गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला बनाउन जग्गाको खोजि भइरहेको तर नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निकट भविष्यमा खेलकुद सद्भावना दुत हामीेले एनआरएनए नै राख्ने कोशिस गरिरहेका छौँ । चाँडो भन्दा चाँडो मन्त्रीपरिषद्बाट जाँदैछ । खेलकुद दुत भनेर हामी राख्न कोशिस गरिरहेका छौँ । हिजो मात्रै फुटबलको साफको महिला गेम भारतसँग भएको थियो ।

नेपालीले दुःखसुखका साथ संघर्षका साथ विजय प्राप्त भयो । त्यहाँको भौतिक पूर्वाधार हेर्दा त्यहाँ अट्ने नअट्ने दर्शहरुको धेरै महशुस गरेका थियौँ । हामीले व्यापक रुपमा जग्गा खोजि गरिरहेका छौँ । फिफाले व्यापक लगानीको कोशिस गरिरहेको छ तर हामीले अहिलेसम्म जग्गा प्राप्त गर्न सकेका छैनौँ । हामीसँग भलिबलको मन्टीपल्पस बिल्डिङहरु छैन ।’

खेलकुदमन्त्री चौधरीले युवा नीति तयार गरी कानून र अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो ।