५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा



अ+ अ-

काठमाडौँ: प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ ।

परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिबारे छलफल भएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रम विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको परिषद्का सदस्यसचिव रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आव २०८१औ८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्री खरिद गर्न नीतिगत स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ । बैठकमा  गृह र रक्षामन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति एवं रक्षा सचिव सहभागी हुनुहुन्थ्यो ।रासस