१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालको मुस्कान, मक्ख पर्यटक (फोटो फिचर)



अ+ अ-

दशैं सकिएपछि तिहार नजिकिँदै छ । देशभरबाट मनसुन बाहिरिएको छ र मनसुन खुलेको छ । यो बेला नेपालका हिमालहरु खुलेका छन् ।

पर्यटकीय स्थलमा पर्यटक भरिभराउ छन् । वाह्य मात्र नभएर आन्तरिक पर्यटक पनि नयाँनयाँ ठाउँमा पुगेका छन् ।

विशेष गरी मौसममा सुधार आपपछि हिमाली क्षेत्रमा पुग्ने पर्यटकहरु बढेका छन् । राससका कमलकुमार बस्नेतले खिचेका पर्यटकीय गन्तव्य हिमालहरुका केही तस्बिर ।

सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने क्रममा थकान मेट्न चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै पर्यटक । 
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाँदै गरेका पर्यटक । एक सातायता मौसममा सुधार आएपछि त्यस क्षेत्रमा जाने पर्यटक बढ्न थालेका छन् । 
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थरमा देखिएको खोङ्मा चरा । यो चरा कालापत्थर जस्ता उच्च हिमाली क्षेत्रमा पाइन्छ ।
कालापत्थरबाट आइतबार दिउँसो देखिएको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल । मौसममा अनुकुल भएपछि यस क्षेत्रमा जाने पर्यटक बढेका छन् । 
खुम्बु पासाङ ल्हमु गाउँपालिका–४ स्थित गोरकसेप क्षेत्र । यही क्षेत्र हुँदै पर्यटक तथा आरोही कालापत्थर र सगरमाथा बेसक्याम्प जाने गर्छन् ।