५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालको मुस्कान, मक्ख पर्यटक (फोटो फिचर)



अ+ अ-

दशैं सकिएपछि तिहार नजिकिँदै छ । देशभरबाट मनसुन बाहिरिएको छ र मनसुन खुलेको छ । यो बेला नेपालका हिमालहरु खुलेका छन् ।

पर्यटकीय स्थलमा पर्यटक भरिभराउ छन् । वाह्य मात्र नभएर आन्तरिक पर्यटक पनि नयाँनयाँ ठाउँमा पुगेका छन् ।

विशेष गरी मौसममा सुधार आपपछि हिमाली क्षेत्रमा पुग्ने पर्यटकहरु बढेका छन् । राससका कमलकुमार बस्नेतले खिचेका पर्यटकीय गन्तव्य हिमालहरुका केही तस्बिर ।

सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने क्रममा थकान मेट्न चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै पर्यटक । 
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाँदै गरेका पर्यटक । एक सातायता मौसममा सुधार आएपछि त्यस क्षेत्रमा जाने पर्यटक बढ्न थालेका छन् । 
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थरमा देखिएको खोङ्मा चरा । यो चरा कालापत्थर जस्ता उच्च हिमाली क्षेत्रमा पाइन्छ ।
कालापत्थरबाट आइतबार दिउँसो देखिएको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल । मौसममा अनुकुल भएपछि यस क्षेत्रमा जाने पर्यटक बढेका छन् । 
खुम्बु पासाङ ल्हमु गाउँपालिका–४ स्थित गोरकसेप क्षेत्र । यही क्षेत्र हुँदै पर्यटक तथा आरोही कालापत्थर र सगरमाथा बेसक्याम्प जाने गर्छन् ।