२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’
अ अ+ अ-

सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।

लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताउनुभयो । झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चारवटा सानाठूला पोखरीसमेत रहेका छन् । प्रकृतिक सुन्दरताका साथै थप पयटकीय संरचनाको निर्माणपछि पर्यापर्यटनको नयाँ गन्तव्यका रुपमा यस क्षेत्र विकास भएको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, सम्बद्र्धन र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट रु ७० लाख, वन तथा भूसंरक्षण विभागबाट रु २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट रु ४० लाख, संसद विकास कोषबाट रु १५ लाख सहयोग रकम खर्च भएको छ ।

त्यसैगरी पर्यटन विकास कार्यलय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी रु ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थललगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ ।

त्यसैगरी आगामी दिनमा यहाँ भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । ठूलो सम्भावना बोकेको यो ताललाई पर्यटकीयस्थलको रुपमा विकास गरी स्थानीयको आर्थिक उपार्जनमा टेवा पुर्‍याउन डिभिजन वन कर्यालय लहानले सहयोग गरिरहेको कार्यालय प्रमुख शैलेन्द्रकुमार मिश्रले बताउनुभयो । सामुदायिक वनभित्र भएका स्रोतसाधनको पहिचान गरी लाभ लिन उपभोक्ता समितिका सदस्यलाई उहाँले आग्रह गर्नुभयो ।

यस पर्यटकीय क्षेत्रमा आवतजावतको लागि बानोखोलामा पुल नबन्दा वर्षाको समयमा खोला तर्न समस्या परेको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो । पुल निर्माणको लागि नगरको मात्रै स्रोतले सम्भव नरहेकाले प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरिने लहान नगर उपप्रमुख रामचलितार महतोले बताउनुभयो ।

साथै उहाँले जमिनमा पानीको सतह घट्दै गएकाले चुरे क्षेत्रमा यस प्रकृतिका पोखरीले ‘वाटर रिचार्ज’ हुने भन्दै वन उपभोक्ता समितिले वनजंगल संरक्षण र जलाधार क्षेत्र संरक्षणको लागि गरेको प्रयासमा नगरपालिकाले सधैँ सहयोग र प्रोत्साहन गर्ने बताउनुभयो ।

जलवायु परिवर्तनको चुनैतीलाई सामना गरी तालको संरक्षणको साथसाथै हरियाली प्रवद्र्धन गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने जिल्ला वन क्षेत्र समन्वय समितिका पदेन सदस्य रहनुभएका जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले जोड दिनुभयो ।

चुरेको काखमा अवस्थित ‘गोसाइ डाँडा ताल’ले पोखराको फेवातालको झल्को दिने स्थानीय बताउँछन् । तालको बीचमा जमिनको भाग उठेको छ । यसलाई थप आकर्षक बनाई आन्तरिक तथा बाह्य पर्यटकको आगमनबाट स्थानीयको रोजगारीमा समेत अभिवृद्धि हुने यसका अध्यक्ष चौधरीको भनाइ छ । यस पर्यटकीय क्षेत्रकोे विकासका लागि सबैलाई सहयोग र प्रचारप्रसार गरिदिन अध्यक्ष चौधरीले आग्रह गर्नुभयो । रासस