काठमाडौं । आज नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। आज बस्ने केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो।
कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत राखेको थियो। केसीको निधनका कारण उक्त बैठक भने नबस्ने कांग्रेसले जनाएको छ।
पोखरास्थित घरमा सोमबार राती करिव ११ बजेतिर ६३ वर्षका केसीको निधन भएको थियो।











