१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढिस्कोले पुरिएर ३५ वर्षीय महिलाको मृत्यु



symbolic picture
अ+ अ-

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी  ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ ।