१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छः गृहमन्त्री लेखक

सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ ।

आईतवार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताउनु भयो । लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बतउनु भयो । उहाँले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताउनु भयो ।

उहाँले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको बताउनु भयो । नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण आवश्यक रहेको बताउनु भयो । वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको बताउनु भयो । उहाँले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डेमोक्रेसीको डिसँग अरु दुई वटा डि जरुरी हुन्छ । डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ । लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुन्छ । र डेमोक्रेसीको डिसँग अर्को आवश्यक पर्ने डि भनेको (डिस्ट्रिब्युशन) वितरणको डि हो । वितरण भनेको नागरिकका बीचमा सम्भावना र अवसरको वितरण हो । नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरण हो । शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण हो । अनुशासन र वितरण हो । यि दुई कुरालाई जबसम्म लोकतन्त्रसँग राम्रोसँग जोडिँदैन, तबसम्म लोकतन्त्र चिरस्थायी हुन सक्दैन । अहिलेको सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो । सरकार बनाउनका लागि बनेको सरकार होइन । केही मानिसहरु मन्त्री हुनका लागि मात्रै बनेको सरकार होइन । जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि बनेको हो ।’

गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताउनु भयो । उहाँले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने बताउनु भयो ।