२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ ।

आईतवार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताउनु भयो । लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बतउनु भयो । उहाँले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताउनु भयो ।

उहाँले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको बताउनु भयो । नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण आवश्यक रहेको बताउनु भयो । वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको बताउनु भयो । उहाँले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘डेमोक्रेसीको डिसँग अरु दुई वटा डि जरुरी हुन्छ । डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ । लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझेनौँ, यसलाई अराजकताको प्रणालीका रुपमा बुझ्यौँ भने लोकतन्त्र कमजोर हुन्छ । र डेमोक्रेसीको डिसँग अर्को आवश्यक पर्ने डि भनेको (डिस्ट्रिब्युशन) वितरणको डि हो । वितरण भनेको नागरिकका बीचमा सम्भावना र अवसरको वितरण हो । नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरण हो । शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण हो । अनुशासन र वितरण हो । यि दुई कुरालाई जबसम्म लोकतन्त्रसँग राम्रोसँग जोडिँदैन, तबसम्म लोकतन्त्र चिरस्थायी हुन सक्दैन । अहिलेको सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो । सरकार बनाउनका लागि बनेको सरकार होइन । केही मानिसहरु मन्त्री हुनका लागि मात्रै बनेको सरकार होइन । जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि बनेको हो ।’

गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताउनु भयो । उहाँले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने बताउनु भयो ।